फुटबलको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

काठमाडौं। पुरुष फुटबलको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा)को पछिल्लो वरियता क्रममा नेपाल एक सय ७३ औँ स्थानमा उक्लिएको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा दक्षिण एसियाली टोलीमध्ये भारत एक सय २४, मालदिभ्स एक सय ६०, भुटान एक सय ८३, बङ्गलादेश एक सय ८५, पाकिस्तान एक सय ९७ र श्रीलंका २ सय ५ औँ स्थानमा रहेको छ। एसियाली टोलीमध्ये जापान १७ औँ नम्बरमा रहेको छ।

नेपालले जुन ६ तारिखमा यूएईसँग ४-० गोलको हार ब्यहोरेको थियो भने जुन ११ तारिखमा यमनसँग २-२ गोलको बराबरी खेलेको थियो।

विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो र बेल्जियम तेस्रोमा छन्। ब्राजिल चौथो स्थानमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *