एमालेलाई रास्वपा सांसदले सोधे- खर्वौँको असरल्ल भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले एमाले सरकारमा हुँदा भ्यूटावर बनाएर अनुत्पादक क्षेत्रमा पैसा खन्याएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिले युवा र खेलाडीका लागि यो देशमा पैसा नहुने टिप्पणी गरे।

उनले भने, ‘एमालेका माननीयज्यूहरूलाई अलिकति सुन्दिन आग्रह गरेँ, यो देशमा स्टेडियम बनाउने पैसा हुँदैन। युवा र खेलकुदका लागि अर्थमन्त्रीले बजेट दिनुहुँदैन । अलि पहिला तपाईँहरूको पालामा देशैभरि बनेको भ्यूटावर हेरौँ तरु कति वटा बन्थ्यो स्टेडियम ? खर्वौँको भ्यूटावर, असरल्ल छ । त्यति अनुत्पादक क्षेत्रमा खर्च गरेर दुई वटा स्टेडियम बनाउन नसक्दाखेरि तपाईँहरूले सदनमा आएर भन्नुपर्छ भ्यूटावरवाला कन्सेप्ट गलत थियो, हामीले स्टेडियम बनाउनपर्थ्यो भनेर। सदन सत्य बोल्ने ठाउँ हो। त्यो बेलामा पैसा थियो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *