हेटौंडा । युरो २०२४ मा रोमानियाले विजयी सुरुवात गरेको छ । सोमबार साझ भएको समूह ‘ई’ अन्तर्गतको खेलमा रोमानिया ३–० गोलले विजयी बनेको हो ।
खेलको २९ औँ मिनेटमा निकोलाई स्टानसिउले गोल गर्दै रोमानियालाई पहिलो अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको रोमानियाले दोश्रो हाफमा थप दुई गोल गर्न सफल बन्यो ।
दोस्रो हाफको ५३ औँ मिनेटमा राजभान मारिनले टोलीको अग्रता दोब्बर बनाए । ४ मिनेटपछि नै डेनिस ड्रागुसले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

Leave a Reply