कीर्तिमानी आरोही निर्मल पुर्जाविरुद्ध संसदमा अनावश्यक टीकाटिप्पणी अस्वीकार्य : सांसद कल्पना मियाँ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँले विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाविरुद्ध संसदमा गरिएको आपत्तिजनक टीकाटिप्पणी स्वीकार्य नभएको बताएकी छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै सांसद मियाँले नेपालको नाम विश्वभर चिनाउने आरोही पुर्जामाथि संसदमा व्यक्तिगत मानमर्दन गर्न नपाइने बताइन् ।

सांसद मियाँले भनिन्- विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई अनावश्यक विवादमा तान्न खोजिएको छ । यहाँ यो संसदका एक जना माननीयले लगातार आरोप लगाइरहेका छन् । देशलाई विश्वमा चिनाउन सफल कीर्तिमानी आरोहीविरुद्ध अनावश्यक टीकाटिप्पणी गर्ने छुट कसैलाई पनि छैन । देशको गहनामाथि नियतवश अनावश्यक आरोप लगाएर विवादमा तान्न खोजिएको छ, यो कुरा स्वीकार्य छैन, सम्बन्धित निकायले गम्भीरतापूर्वक हेरोस् ।

यो पनि पढ्नुहोस्- सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा (भिडियो)

सदनमा कांग्रेस सांसद राजेन्द्र बजगाईँले यसअघि पुर्जालाई नेपालमा प्रवेश गर्न दिन नहुने आशयको अभिव्यक्ति दिएकोमा उनले आपत्ति जनाउँदै बजगाईँमाथि नै आरोप लगाएकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *