काठमाडौँ । इजरायलले गाजामा गरेको नरसंहारको विरुद्धमा भएको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूलाई अमेरिकाको हार्डभर्ड विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र दिनबाट वञ्चित गरेको छ ।
हार्डभर्डमा स्नातक पढिरहेका विद्यार्थी श्रद्धा जोशी र आस्मेर असरर साफीले आफूलाई हार्डभर्डको गत मे २३ मा भएको दीक्षान्त समारोहमा शैक्षिक प्रमाणपत्र नदिइइको अलजजिरालाई बताएका छन् ।
आफूले पढेका फ्याकल्टीले सबै साथ दिएर पनि आफूलाई प्रमाणपत्र नदिइको टेक्ससमा जन्मे हुर्केकी जोशीले अलजजिरालाई दुःखेसो पोखेकी छिन् ।
उनीहरू दुई जना सहित १३ जनालाई हार्डभर्डले प्रमाणपत्र नदिइएको बताइएको छ ।

Leave a Reply