एन्फाले सम्झौता नविकरणको प्रस्ताव गरेको प्रशिक्षक एनेसको दाबी, भन्छन्- मलाई नेपालमा रहन मनपर्छ (भिडिओ)

दम्माम। नेपाली फुटबल टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले सम्झौता सकिन लाग्दा अखिल नेपाल फुटबल संघ(एन्फा)ले नविकरणका लागि प्रस्ताव गरेको बताएका छन्।

साउदी अरबको दम्माममा मंगलबार यमनविरुद्ध हुने विश्वकप छनोट खेल अघि आयोजित प्रि म्याच कन्फेरेन्समा प्रशिक्षक एनेसले सम्झौता ‘रिभ्यु’का लागि एन्फाले कुराकानी गरेको बताए।

‘त्यसैले अहिलेलाई यो समस्या होइन। मलाई नेपालमा रहन मनपर्छ’, उनले भने। एनेसको सम्झौता जुन १५ तारिखमा सकिँदै छ। सुरुमा एक वर्षका लागि आबद्ध गरिएका इटालियन एनेसको सम्झौता पछिल्लोपटक ३ महिनाका लागि नविकरण गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *