पाँच लाख १४ हजार नक्कली नोटसहित दुई जना महिला पक्राउ

काठमाडौं । पाँच लाख १४ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन् ।

शनिवार साँझ ९ बजे समयमा काठमाडौंको कलंकी स्थित वाइट रेविट रेष्टुरेन्ट नजिक नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जसमा काठमाडौं महानगरपालिका १४ बस्ने ४७ वर्षकी तारादेवी डंगोलको साथबाट नक्कली नोट पाँच लाख १४ हजार बरामद गरी नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानका क्रममा नागार्जुन नगरपालिका पाँच बस्दै आएकी नीलिमा श्रेष्ठको समेत संलग्नता देखिएको थियो ।

उनको खोजतलास गर्ने क्रममा नागार्जुन नगरपालिका पाँचस्थित पद्मा कोलोनीबाट पक्राउ गरेर अनुसन्धान कार्य जारी रहेको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *