बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘बिगबोस’ ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने भएका छन् ।

यस अघि ‘बिगबोस’ सलमान खानले होस्ट गर्दै आएका थिए। यो सिजन सलमानले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।

यस अघि यस शोका लागि सञ्जय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो । तर अहिले भने अनिल कपुर फाइनल भएका छन्। बिगबोस ओटीटीको पहिलो सिजन अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो सिजन युट्युबर एल्भिस यादवले जितेका थिए ।

जुन २१ देखि प्रसारण हुने यस सिजनको बिगबोस ओटीटीमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी लगायतका सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *