गृहमन्त्रीको गुनासो- सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुःखेसो पोखे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाईं लड्न भने नछोड्ने दृढता व्यक्त गरे ।

‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा बिरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकी जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो’, उनले भने, ‘कतिलाई जेल पठाईयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । मेरो भाग्य यस्तै छ । ठिकै छ मेरो भाग्यसँग लड्दै गरौंला । तर त्यो भन्दा ठूलो त तपाईको अधिकारलागि म लड्नुछ । म त्यसमा स्पष्ट छु ।’

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।

 

 

Comments

One response to “गृहमन्त्रीको गुनासो- सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ”

  1. ksp pyl Avatar
    ksp pyl

    ४७ सालदेखिका ठग, घडी चोर, बाख्रा चोर, रातो पासपोर्ट बेचुवा, बलत्कारी, देश बेचुवाहरू अनि मिडिया हाउसका नाममा दलाली गर्ने, विदेशीको एजेण्ट बन्ने, धम्काएर गुण्डालेजस्तो पैसा असुल्ने १२ भाइ नामका दलालले ठग भन्दैमा तपाईं ठग होईन रविज्यू । जनताले ती स्वयम् ठगहरूका कुरा पत्याएका छैनन । तपाईं ढुक्कले जनताको लागि काम गर्नुहोस् । जनता तपाईको साथ छन् । तपाईं तस्करी रोकिदिनुहुन्छ । तस्मरहरूसँग असुली गरेर ज्यान पालेकाहरू तपाईलाई ठग भन्छन् । गृहबाट विभिन्न नाममा बाँडेको गैरकानूनी पैसा खाएर काठमाडौंमा बसेकाहरू तपाईको विरूद्व जुलसमा निस्केका हुन् । यस्ता फटाहा, भ्रष्टाचारी, ठग, तस्कर, देश बेचुवाहरूको कुरा नसुनौं । सिवि लामा नामको सहकारी ठगलाई जोगाउने काँग्रेस तपाईले समातेपछि काँग्रेसका ठगहरू तपाईं विरूद्व लागेको के अचम्म भयो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *