असार १ गतेदेखि निर्माण सामग्री उत्पादन तथा विक्री वितरण बन्द गर्ने क्रसर तथा बालुवा उद्योगीहरुको चेतावनी

काठमाडौं । देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको हो ।

‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरुले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराउँछौं’, विज्ञप्तिमा भनिएको छ ।

जेठ ३२ गतेभित्र नवीकरण गर्न सरकारबाट मातहतका निकायहरुलाई लिखित निर्देशन/निर्णय नभएको खण्डमा असारदेखि देशभरका क्रसर, खानी तथा वालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण बन्द गरी अनिश्चितकालको लागि बन्द हुने महासंघले चेतावनी दिएको छ ।

महासंघले उद्योगहरुको ताला र चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्विपमेन्ट तथा कार्यरत मजदुरहरुले समेत राजमार्गमा बसेर विरोध प्रदर्शन गर्ने निर्णय भएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *