तीनकुनेको घरमा लागेको आगो निभाइयो

काठमाडौं । काठमाडौं तीनकुनेस्थिति मदन भण्डारी स्मृति पार्क नजिकै एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ । सुरक्षा निकाय र स्थानीयबासीको सहयोगमा दमकलले आगो निभाएको हो ।

जीवन रेग्मीको ५ तले घरमा दीलिपकुमार शाहले सञ्चालन गर्दै आएको चाउचाउ, बिस्कुट गोदाममा ग्यास लिकेज भई आगलागी भएको एपीएफका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । उनका अनुसार
आगलागी नियन्त्रणको लागि नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट टोली खटाइएको थियो ।

आगलागीबाट दुईजना घाइते भएका छन् । उनीहरूको अवस्थामा सामान्य छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *