सुमनालक्षित ओलीको अभिव्यक्तिमा रास्वपाले उठायो प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गरेर दिएको अभिव्यक्तिमा रास्वपाले प्रश्न उठाएको छ ।

ओलीले केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको अभिव्यक्ति दिएका थिए । त्यसबारे आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले प्रश्न उठाए ।

त्यसबारे उनको भनाइ

कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन्। जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र ती दुवै पूज्य भए। आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ देश फर्किइन् दस वर्षअगाडि। भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन्।

नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रवाह गरिन्। उद्यममार्फत रोजगारी सिर्जना गरिन्। राजनीतिमा आइन्, मन्त्री बनिन्। उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ। कहिले लुगामा टिप्पणी गरिन्छ, कहिले समानुपातिक सांसद भनेर होच्याउने प्रयास गरिन्छ कहिले यही सभा हलमा, कहिले बन्द कोठाभित्र।

लामो समयदेखि नेपालको राजनीतिमा महिलाको वर्गीय उन्मुक्तिको लागि राजनीति हामीले के का लागि गरेको ? के सबै महिला पुरुष बराबर हो भनेर होइन र ? आज यो संविधानको प्रयोग गरेर देशलाई नेतृत्व गर्छु भन्न पाइँदैन।

Comments

One response to “सुमनालक्षित ओलीको अभिव्यक्तिमा रास्वपाले उठायो प्रश्न”

  1. Swayambar Lama Avatar
    Swayambar Lama

    सन्काह केपि बुढा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *