राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको र राजनीतिक दबाबमा ढाकछोपको प्रयास भइरहेको बताएपछि गृहमन्त्रीले यस्तो बताएका हुन्।

उनले भने, ‘राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैनन्। म यो प्रतिबद्धता जनाउँछु।’

उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताइन्।

उनले भने, ‘आम नागरिकलाई सरकार छ, राज्य छ। हाम्रो अकालमा ज्यान गुमाउन पर्दैन। हाम्रो जनधनको क्षति हुँदैन भन्ने कुराको महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको छ।’

Comments

2 responses to “राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन : गृहमन्त्री लामिछाने”

  1. रमेश अधिकारी Avatar
    रमेश अधिकारी

    ए, हो ~~~ र !!! अनि माननिय गृहमनतरीले गरेको अपराधलाई प्रधानमनतरी, महहहहान्याधिवक्ता, IGP सबै मिलेर किन लुकाएका होलान त ?? हजुरले भन्नुभयो अनि हामि नेपाली जनता मुर्ख, पत्याईदियौं ।

  2. Vir Gorkhali Avatar
    Vir Gorkhali

    उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताइन्।???? What is this NepalPress?

Leave a Reply

Your email address will not be published. Required fields are marked *