सन्दीपको भिसाबारे सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न- राजदूतलाई स्पष्टीकरण सोध्न खुट्टा कमाएको हो ? (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हिजोको नेपालको विश्वकप खेलमा सन्दीप लामिछानेको अभाव महसुस भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोजक राष्ट्रले भिसा नदिएको विषयमा अमेरिकाको राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरे।

उनले भने, ‘दश वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्र सूर्य झन्डा संसारभर फरफरायो। तर, हामीले हिजो गेम हार्यौं। हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो। अदालतले सफाइ दिएको, क्यान र आइसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको ? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको ? कि त सरकार डराएर खुट्टा कापेको हो ? होइन भने देशको चन्द्र सूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ। सरकारमाथि प्रश्न चिह्न खडा भएको छ। यसको जवाफ दिनुपर्छ। कुनै व्यक्तिको कुरा होइन। कुनै क्लबको गेम खेल्न जाने लागेको होइन देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो। त्यसैले देशको जिम्मा हुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *