कांग्रेसले भन्यो- अर्थमन्त्री खोज्दा सभामुखको आसनबाट टुक्का भन्दै गर्नु संसदीय अभ्यास विपरीत

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले हिजोको प्रतिनिधिसभाको बैठकमा दुई वटा असंसदीय गतिविधि भएको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अब यस्ता संसदीय व्यवहार सदनमा नदोहोर्‍याउन सबैलाई आग्रह गरिन्।

उनले भनिन्, ‘मैले हिजो संसदमा दुईवटा असंसदीय अभ्यास भएको देखेँ। माननीय शान्ति परियारलाई ६ मिनेटको समय छुट्टयाइएकोमा ३ मिनेटै रेकर्ड अफ भयो। अर्का राजेन्द्र लिङ्देनले रोष्ट्रममा उभिएर बजेटको विषयमा छलफल गर्न अर्थमन्त्री चाहिन्छ भन्दै गर्दा सभामुखको आसनबाट नै टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो। यो संसदीय मर्यादा भयो कि भएन।’

हिजो बजेटमाथि छलफलको क्रममा अर्थमन्त्री लिङ्देनले अर्थमन्त्री खोज्दै बोल्न अस्वीकार गरेपछि उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री आउँदै हुनुहुन्छ तपाईँको टुक्का भन्दै गर्नु भनेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *