इलाममा आमा-छोरा घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए

विराटनगर । इलाम नगरपालिका २ सुम्बेक पराजुली गाँउमा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेको इलाम प्रहरीले जनाएको छ । उनीहरू घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुन्डिएको पाइएको छ । फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् ।

बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जवेगुको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *