काठमाडौंको लुम्बिनी गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा तथा गेस्ट हाउसको कोठाबाट उक्त रकम बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका-४ स्थायी घर भई काठमाडौंको न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् । उक्त रकम हुन्डीको भएको प्रहरीको आशंका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *