काठमाडौंबाट उड्न लागेको विमानमा स्प्रिटको बट्टा फुटेपछि…

काठमाडौं । धनगढीका लागि उड्न लागेको श्री एयरलाइन्सको एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान एक्कासी धावनमार्ग नजिकबाट पार्किङमा फर्काइएको छ । एक यात्रुले ब्यागमा बोकेको स्प्रिटको बट्टा फुटेर गन्ध आउन थालेपछि विमान फर्काइएको हो ।

गन्धसँगै पाइलट र यात्रु आत्तिएको बताइएको छ । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले राम्रोसँग जाँच नगरिएकाले स्प्रिटसहित यात्रु विमानमा पसेको बताए । ८:२५ मा उडिसक्नुपर्ने उक्त विमानमा ७४ जना यात्रु थिए ।

अर्को विमानबाट यात्रुलाई गन्तव्य पुर्‍याइएको छ । उक्त विमानको प्राविधिक परीक्षण भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *