काठमाडौं । नेपाल लाइफइ न्स्याेरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ ।
कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
अघिल्लो पटक कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

Leave a Reply