‘दरबार हत्याकाण्ड’ को २३ वर्ष पूरा, घटना अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्र परिवारकै निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ ।

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको अविश्वास र आशंका कायमै छ ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

 

Comments

One response to “‘दरबार हत्याकाण्ड’ को २३ वर्ष पूरा, घटना अझै रहस्यमय”

  1. राम काफ्ले Avatar
    राम काफ्ले

    कैलाश सिराेहिया पक्राउ र रिहाइ
    खेलाडीका दुबै हातमा लड्डु ।।

    नागरिकता बदनियतमा कैलास सिराेहियाकाे पक्राउलाइ गृहमन्त्री रवि लामिछानेले प्रतिसाेध सांधेकाे मनाेगत भाष्यमा जाे जति अल्मलिए, तिनकाे अल्पबुद्दिप

    वि.सं.२०५८ जेठ १९ काे रात नारायणहिटी राजदरबारमा भएकाे गाेली कान्डमा राजपरिवार सखाप हुंदा दक्षिणको भारतले निर्दाेष रहेका श्री ५ ज्ञानेन्द्रतर्फ अपजस साेझ्याएर आफु दाेषमुक्त हुन सफल भएकाे थियाे ।
    यसलाइ भन्छन् दुबै हातमा लड्डु ।।
    रमितेहरू एकअापसमा वाकयुद्दमा व्यस्त रहुन् ।
    खेलाडीले खेल खेल्छ, खेलाउंछ … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *