४ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशन गरी जानकारी दिए।

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा श्याम कृष्ण अधिकारी रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ रहेका छन्।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *