४ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी० लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशन गरी जानकारी दिए।

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा प्रदिप बहादुर क्षेत्री रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा नारायण रन्जितकार, अन्नतराम शर्मा र एकनारायण कोइराला रहेका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *