कमल थापाको प्रतिबद्धता कृत्रिम रहेछ : पोखरेल

हेटौंडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रतिवद्धता कृत्रिम रहेको बताएका छन् ।

नेकपा एमाले मकवानपुरको १२ औँ जिल्ला अधिवेशन उद्घाटनको क्रममा बोल्दै महासचिव पोखरेलले थापाले अब उपरान्त राजा सहितको प्रजातान्त्रिक परिपाटीलाई कहिल्यै नबोक्ने प्रतिबद्धता गरेपछि एमालेले टिकट दिएको तर चुनावी परिणामपछि थापाले चिहानमा पुगिसकेको राजतन्त्रलाई पुनः बोकेर हिँडेको बताए ।

एमालेले हिजो राजतन्त्रको वकालत गर्नेहरूलाई पनि गणतन्त्रमा उभ्याउने प्रयत्न स्वरूप बाटो बदलेर आउनेहरुलाई चुनावमा सहयोग गरेको त्यो अभियान गणतन्त्रलाई थप बलियो बनाउने उद्देश्यको साथमा लिइएको नीति रहेको उल्लेख गरे ।

राष्ट्रिय राजनीतिलाई एक प्रकारले सही बाटोमा अगाडि बढाउनका लागि पार्टी नेतृत्वले अलि फरक ढंगले सोच्नुपर्ने स्थिति पनि हुँदो रहेछ ।’ महासचिव पोखरेलले भने, ‘यद्यपि हामीले जुन विश्वासका साथ भरोसाका साथ कमल थापाजीलाई मकवानपुरको उम्मेदवार बनायौँ, त्यो गलत साबित भयो ।’

महासचिव पोखरेलले थापाले आफ्नो गृह जिल्लामा दाबी गरे जस्तो निर्वाचनमा उपलब्धि दिन नसकेको र थापाले गणतन्त्र धारमा आउनका लागि एमालेको साथ खोजेको स्मरण गरे ।

नेपालमा केहि समय पहिले भएको उप निर्वाचनले एमालेलाई राष्ट्रको नेतृत्व गर्नुपर्ने जनताको मत रहेको प्रष्ट भएको भन्दै उनले एमालेको नेतृत्वले मात्र मुलुकले विकास र समृद्धि हासिल गर्ने प्रमाणित भएको उनको भनाइ छ ।

उनले अघिल्लो निर्वाचनको समीक्षा गर्न आग्रह गर्दै आगामी आमनिर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीको मिसन ८४ अभियानको अभियानलाई तीव्रताका साथ अघि बढाउन निर्देश दिए ।

कार्यक्रममा बोल्दै पोखरेलले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको समयमा देशको आर्थिक विकासको दर तीव्र गतिमा बढेको बताए । अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला तीन वर्ष लगातार मुलुकको कुल गार्हस्थ्य उत्पादन जीडिपी बढेको महासचिव पोखरेलले उल्लेख बताए ।

जिल्ला अधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नको लागि उनले पार्टी प्रतिनिधिलाई अनुरोध गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *