सदस्यताकाे विवाद न्यायाेचित समाधान नभएसम्म पत्रकार महासंघकाे ताला नखाेल्ने ३ संगठनकाे प्रष्टाेक्ति

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन तथा सदस्यता नवीकरणको विवाद चुलिँदै जाँदा तीन संगठनले त्यसको समाधान हुनुपर्ने र नभएसम्म तालाबन्दी जारी राख्ने स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल र प्रेस मञ्चका महासचिव अवधेश झाले संयुक्त विज्ञप्तिमार्फत महासंघको जेठ २६ गते तोकिएको निर्वाचनका सम्बन्धमा साझा प्रतिवद्धता जारी गर्दै यस्तो बताएका हुन् ।

महासंघका पदाधिकारी नै सन्तुष्ट हुन नसकेको कुराले सदस्यता विवरणमा चरम लापरवाही भएको पुष्टि हुने उल्लेख गर्दै न्यायोचित समाधान नभएसम्म उनीहरुले महासंघका केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा भइरहेको तालाबन्दी जारी राख्ने स्पष्ट पारेका छन् ।

महासंघको तोकिएको निर्वाचनलाई यथासमयमा सम्पन्न गर्न र त्यसअघि सदस्यता विवरणमा उत्पन्न भएको विवादलाई न्यायोचित तवरले हल गरिनुपर्नेमा आफूहरु प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरुले महासंघमा समावेशी तथा पहिचानमुखी हुन नसकेको र त्यस्तो हल गर्ने विषयमा आफूहरु सहकार्य गर्न तयार रहेको पनि बताएका छन् ।

Comments

One response to “सदस्यताकाे विवाद न्यायाेचित समाधान नभएसम्म पत्रकार महासंघकाे ताला नखाेल्ने ३ संगठनकाे प्रष्टाेक्ति”

  1. ksp pyl Avatar
    ksp pyl

    पत्रकार महासंघ शिरोहियाको टट्टु सिवाय केही होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *