काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणको छानबिन गर्नको लागि संसदीय समिति गठन भएपछि पूर्वाग्रह मुक्त भएर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उमुख व्यक्तिलाई जोगाउन समिति लाग्न नहुने बताए ।
उनले अब समितिले तथ्यमा रहेर अध्ययन गर्ने भएकाले दोषी जो भएपनि कारबाही भोग्नुपर्ने बताए ।
उनले भने, ‘सभामुखले समिति घोषणा गर्दैगर्दा खुशीले टेबल ठोकिरहेका थियौं । तर, किन हो आफ्नो नाम छुटाइदिए भनेर हो कि ? गृहमन्त्रीजी संसदमा दुःखी या खुशी दुवै मुद्रामा मैले देखिनँ ।’
उनले समिति बनाएपछि आफूहरु गृहमन्त्री सहकारी ठगीमा संलग्न छन् भनेर भन्न नमिल्ने बताए । कार्यादेशको जगमा उभिएर समितिका सदस्यले काम गर्नुपर्ने बताए ।

Leave a Reply