सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा (भिडिओ)

काठमाडौं । सरकारले समस्याग्रस्त घोषित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।

ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने बताए ।

यस्तै बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि उनले बताए ।

Comments

One response to “सहकारी सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा (भिडिओ)”

  1. रबिन्द्र Avatar
    रबिन्द्र

    नेताज्यू पीडितको पक्षमा बोल्नु भाको कि पीडकको पक्षमा, म त अलमलमा परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *