उपेन्द्रको दाबी- एमालेमा माओवादी विलय गराएर ओलीको नेतृत्व मान्नेबाहेक प्रचण्डसँग अरु उपाय छैन (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डसँग माओवादी पार्टीलाई एमालेमा विलय गराउनुबाहेक अब सबै विकल्प सकिएको दाबी गरेका छन् ।

टेलिभिजन पत्रकार सुनिल दाहालसँगको अन्तर्वार्तामा अध्यक्ष यादवले केपी ओलीको नेतृत्व स्वीकार गरेर एमालेमा विलय हुनुबाहेक अरु विकल्प अब प्रचण्डसँग नरहेको बताए ।

यादवले भने, ‘मेरो सल्लाह मान्ने हो भने माओवादीलाई एमालेमा विलय गराएर हिजो फुटाउनु गल्ती थियो भन्दै अहिले बिलय गरेर केपी ओलीको नेतृत्वमा अघि बढे हुन्छ, उहाँको लागि त्यो हितकार छ । एमालेमा विलयमा गराएर ओलीको नेतृत्वमा अघि बढे उहाँहरूको कल्याण हुन्छ । त्यो बाहेक अरु बाटो त के छ र ?’

प्रचण्ड नेतृत्वको पार्टी पटकपटक विभाजन भएर समाप्तिको बाटोमा रहेको भन्दै यादवले अब उनीबाट धोका खान बाँकी कोही नरहेको बताए । उनले आफूहरूसँगको सहकार्यबाट प्रचण्ड यहाँसम्म आइपुगेको भन्दै अब एमालेमा विलय भएमात्र अस्तित्व जोगिने दाबी गरे ।

Comments

One response to “उपेन्द्रको दाबी- एमालेमा माओवादी विलय गराएर ओलीको नेतृत्व मान्नेबाहेक प्रचण्डसँग अरु उपाय छैन (भिडिओ)”

  1. upendra Pandit Avatar
    upendra Pandit

    हामी नेपाली आफ्नो बारेमा कम अरुको बारेमा ज्यादा सोच्ने भएर नै बिग्रेका हौ कि यादवजी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *