बालुवाटारमा सत्ता पक्ष-प्रतिपक्षको बैठक, मान्ला त कांग्रेस ?

काठमाडौं । सदनको गतिरोध अन्त्यलगायतको विषयमा सत्ता र प्रतिपक्षी दलबीच बालुवाटारमा छलफल जारी छ ।

सरकारले भोलि ल्याउने बजेटका सन्दर्भमा त्यसअघि नै नेपाली कांग्रेससँग सहमतिको बिन्दु खोज्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । बालुवाटारभित्र प्रधानमन्त्रीले सत्ता र प्रतिपक्षीका नेतासँग छुट्टाछुट्टै पनि छलफल गरिरहेको बैठकमा सहभागी एक नेताले बताए ।

टीओआरका लागि गठित कार्यदल सदस्यहरू पनि बैठकमा सहभागी छन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडानबाट कांग्रेस टसमस भएको छैन । सत्तापक्ष भने रविको नाम उल्लेख गर्ने पक्षमा छैन ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानूनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायत बैठकमा उपस्थित छन् ।

Comments

One response to “बालुवाटारमा सत्ता पक्ष-प्रतिपक्षको बैठक, मान्ला त कांग्रेस ?”

  1. सरोज Avatar
    सरोज

    सबैलाई भगवानले सदबुद्धि दिउन् ! एउटा निष्कर्षमा पुगेर भागशान्ति मिलोस् । नेपालका समाचार हेर्न नै छोडिसकियो, वाक्क लागेर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *