नेपालमा डाक्टरको संख्या विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्यांकके हो ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।

जसमध्ये पुरुष ६४. १ र महिला ३५.९ प्रतिशत छन् । सोही अवधिमा १ लाख २२ हजार ३ सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसंख्यामा १.२० चिकित्सक र २.८३ नर्स छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।

२०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी १ लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आवद्ध छन् ।

चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी ४ करोड ६० लाख ५६ हजारपटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाखपटक भएको थियो ।

 

Comments

One response to “नेपालमा डाक्टरको संख्या विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी”

  1. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    उल्लेखित डाक्टर तथा नर्सहरूको संख्या मध्ये विदेशिनेको संख्या पनि उल्लेख गरी स्पष्ट तथ्यांक प्रवाहित गरिने छ भन्ने अाशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *