कानूनविपरीत ५२३ स्थानीय तहले बाँड्यो आर्थिक सहायताका नाममा एक अर्ब बढी रकम

काठमाडौं । देशभरका ५२३ स्थानीय तहले कानूनविपरीत नै एक अर्बभन्दा बढी रकम वितरण गरेका छन् ।

महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ५२३ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई एक अर्ब १५ करोड ८८ लाख २४ हजार आर्थिक सहायता वितरण गरेका छन् ।

जसमध्ये २९४ स्थानीय तहले सहायता वितरण कार्यविधिसमेत तयार नगरेरै ६३ करोड ४१ लाख ६२ हजार आर्थिक सहायता वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवम संस्थागत अनुदान वितरण गर्न पाउने व्यस्था गरेको छैन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *