भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार प्रमुख प्रशासकीय अधिकृत पौडेल, निर्माण सेवाका सञ्चालकसमेत गरेर १३ जना विरुद्द बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए । उनका अनुसार आयोगले न्यू हरि निर्माण सेवा सुर्खेतका सञ्चालक हरिबहादुर बुढाक्षेत्री र नवराज कन्सट्रक्सनका सञ्चालक नवराज ढकाल, एञ्जल निर्माण सेवा वीरेन्द्रनगर, सुर्खेतका सञ्चालक भिम बहादुर बुढाक्षेत्री विरुद्द पनि मुद्दा दायर गरेको हो ।

उनीहरुमध्ये कर्मचारी, हरि निर्माण सेवा सुर्खेतका सञ्चालक बुढा क्षेत्री र नवराज निर्माण सेवाका सञ्चालक ढकालविरुद्द छुटटा छुट्टै ३६ लाख ७८ हजार ५४३ विगो दाबी कायम गर्दै मुद्दा दायर गरेको हो भने एञ्जल निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतका सञ्चालक बुढाक्षेत्री विरुद्द २९ लाख एक हजार ६९६ रुपैयाँ विगो दाबी कायम गर्दै मुद्दा दायर गरेको हो ।

उनीहरुले नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा नदीजन्य पदार्थ ढुङ्गा तथा बालुवा ठेक्का दिंदा कानून मिची आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियारले मुद्दा चलाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *