मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्याइरहेकाे श्रममन्त्रीकाे दाबी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैल्याउने प्रयास भइरहेको बताएका छन् ।

आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताए ।

मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैल्याइएका कुनै पनि दुर्नियतका हल्लामा विश्वास नगन मन्त्रीले आग्रह गरेका छन् ।

‘हामीले गोप्य रुपमा कुनै निर्णय गर्दैनौँ । कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रुपमा नै सूचना जारी गर्छौँ । त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु’, उनले भने ।

रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने, आन्तरिक रोजगारी र स्वरोजगारीलाई प्रवर्द्धन गर्ने काममा मन्त्रालय लागि परेको उनको भनाइ छ । मन्त्री वा मन्त्रालयसँग सम्बन्धित व्यक्ति, संस्था वा निकायले ठगी गरेको शंका लागे मन्त्रालयको सचिवालय, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय वा श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

Comments

One response to “मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्याइरहेकाे श्रममन्त्रीकाे दाबी”

  1. ksp pyl Avatar
    ksp pyl

    दलालर विचौलिया काँग्रेसीहरूले राज गरेका थिए । तिनको लुट बाटो बन्द भो । अनि बबण्डर । अघि बढ । जनता साथ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *