संसदमा गृहमन्त्रीविरुद्ध नाराबाजी सकेपछि यसरी सडकमा उत्रिए कांग्रेस सांसद (तस्बिरहरू)

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट भ्रातृ संगठनको प्रदर्शनमा सांसदहरू पनि पुगेका छन् । अहिले प्रदर्शनकारीको जुलुस विभिन्न ठाउँमा भेला भएर प्रदर्शनी मार्गतिर लागेको छ ।

बैठक सकिएलगत्तै कांग्रेस सांसदहरू जुलुसमा मिसिएका छन् । सांसदहरू रमेश लेखक, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ उदयशमशेर राणालगायत पुगेका छन् ।

प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

सदनमा विरोध गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

 

Comments

2 responses to “संसदमा गृहमन्त्रीविरुद्ध नाराबाजी सकेपछि यसरी सडकमा उत्रिए कांग्रेस सांसद (तस्बिरहरू)”

  1. RA Avatar
    RA

    RIP
    NC

  2. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसका राम्रा कार्यकर्ताले सोध आफ्नै नेतालाई कि तिमीले ४७ सालदेखि कति लुटेयौ भनेर । लुटेको भाग खाएकाले पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *