काठमाडौं । यो सिजन आफ्नो दोश्रो उपाधि जित्ने क्रममा बायर लेभरकुजन जर्मन कप च्याम्पियन बनेको छ ।
जर्मनमा भएको खेलहरुमा यो पटक लिभरकुजन कुनै खेलमा पनि पराजित भएन ।
पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको हो ।
उसले यसअघि जर्मन बुन्डेसलिगा जितेको थियो । तर घर बाहिरको खेलमा यो सिजन युरोपा क्लबको फाइनलमा भने एटलान्टासँग पराजित भएको थियो ।

Leave a Reply