कार्यदलमा सहमति भए छानबिन समितिको कार्यादेशको भाषा शीर्ष तहले टुंग्याउँछ : हितराज पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डले कार्यदलमा सहमतिको अन्तिम प्रयास भइरहेको बताएका छन्। हिजाेको शीर्ष तहमा भएको सहमति अनुसार आज कार्यदलको बैठकमा सहमति भए शीर्ष नेतृत्व बसेर संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनेगरी छलफल भएको बताए।

उनले नेपाल प्रेससँग भने, ‘हिजोको बैठकमा मिल्ने भनेर सकारात्मक कुरा गरेर उठेका छन्। पहिला पनि शीर्ष तहमा मिल्ने सहमति भइसकेको थियो टिओआरको भाषामा कुरा मिलेन। हिजो शीर्ष नेताहरुको बैठकमा कार्यदलको बैठकको ब्रिफिङपछि आज मिल्ने भएपनि नमिल्ने भएपनि कार्यदलमा बस्ने, त्यसपछि शीर्ष तहमा बसेर टुंग्याउने भन्ने छ।’

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति छानबिन समितिको टीओआरमा अझै कुरा मिल्न सकेको छैन। कांग्रेसले समितिको टिओआरमा गृहमन्त्रीको नाम लेख्नुपर्ने अडान राखेको छ भने सत्तापक्ष त्यसमा तयार छैन। कार्यदलको बैठक आज दिउँसो तीन बजे बस्दैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *