सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी, महामन्त्री शर्मा भन्छन्- विपक्षी गठबन्धनमा कुरा उठ्यो

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । पार्टीभित्र र विपक्षी दलहरुको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् ।

शर्माले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो । सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौं न । हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय । लाञ्छित त हुनुपर्ला नि ! त्यो सम्मको पनि कुरा भएको छ हामीबीच । हामी त्यसमा पुगिहालेका छैनौं । तर, यो खालको अवस्था प्रतिपक्षी दलहरूबीच उठ्नु भनेको कतिसम्मको अवस्था हो त ।’

सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनमा यसबारे छलफल भएको शर्माले बताएका छन् । विश्वासको मत लिने बेला सभामुखले नारबाजीबीच सदनको कारबाही अघि बढाएपछि कांग्रेस आक्रोशित छ ।

Comments

5 responses to “सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी, महामन्त्री शर्मा भन्छन्- विपक्षी गठबन्धनमा कुरा उठ्यो”

  1. RA Avatar
    RA

    Thukka Paji
    Kati gireko hola

    1. ksp pyl Avatar
      ksp pyl

      गगन र यो पत्रु नेतामा गिरे । यिनलाई रविले झापण हानृर राजनीतिबाट रिङ आउट गरिदिईसके ।

  2. Timalsina Avatar

    uso bhaye aba satta paxele Rastapati lai maha abiyoug lagauchha ,
    easy way,
    so milnu ko bikalpa xina neta gan haru, be cool,

  3. ksp pyl Avatar
    ksp pyl

    यी शिरोहियाका ढोकेे दासहरू । उसैले दिएको खाओ र भजन गाओ ।

    1. Navin Avatar
      Navin

      Tomi Muji KPko Hali Ra Rabiko Daas Ho Ta Eutamatrai Ho Nepalma Ringout Garne Timro Comment Herda Lagchha Timi Kp Ra Rabiko Daas Hou Yo Kura Bujh Deshka Netaharu R Party Timiharujasta Jholeko Laagi Matra Hun Haami Jasta Sadharan Manishko Lagi Hoinan

Leave a Reply

Your email address will not be published. Required fields are marked *