कांग्रेस सहमतिमा नआए सरकारले संवैधानिक बाटोबाट बजेट ल्याउँछ : महेश बर्तौँला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले कांग्रेसले सदन सुचारु गर्न तयार नभए सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै १५ गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको बताए।

उनले भने, ‘कांग्रेसले यो संवैधानिक बाध्यता बुझ्नुपर्छ। यदि संवैधानिक बाध्यता बुझेर हाउसलाई सहज गरेर भने सरकारले बजेट त ल्याउनै पर्छ। सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउनुपर्ने बाध्यता निर्माण हुन्छ। त्यसो भए त्यसको सम्पूर्ण जिम्मेवारी कांग्रेसले लिनुपर्छ। हाउसको सबैभन्दा ठूलो दलले सदनलाई बन्धक बनाएर संवैधानिक जिम्मेवारी पूरा गर्न नदिने बाटोमा कांग्रेस अघि बढ्यो भने संविधानले दिएको बाटो प्रयोग बढ्नुपर्ने सरकारको बाध्यता हुन्छ।’

उनले कांग्रेसले वार्तामा बस्दा समेत सदन र सडकमा समेत आन्दोलन गरेर मुठभेडको बाटोमा जान खोजेको आशंका व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *