विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको रवि लामिछानेको नाम नराखी समिति बनाउनुको अर्थ नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धुमा रास्वपाले साथ दिने गरी अघि बढेको आरोप लगाए।

उनले भने, ‘मिडिया हाउसका सञ्चालनको नागरिकताको बिषयमा उठेको बिषयमा सहयोग गर्न तयार छु भन्दा भन्दै समात्नुहुन्छ। गिरफ्तार गर्ने निकायमा दुई वटा पारपोर्टको कारण आरोपी व्यक्ति हुनुहुन्छ। महान्यायाधिवक्ताको कार्यालयले छानबिन गर्नु नपर्ने भनेको छ। यो महान्यायाधिवक्ताको कार्यालय भनेको रास्वपाको भ्रातृ संस्था होरु गृहमन्त्रालयको शाखा होरु कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नु पर्दैन भनेको छ। कहिले सहकारीको ठगीमा संलग्न हुनुहुन्न भनेको छ। त्यो संवैधानिक इजलास हो ?’

उनले गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको भन्दै त्यसमाथि छानविन समिति बनाउन आफूहरु तयार रहेको बताए। गृहमन्त्रीले सदनमा आरोप लगाएको प्रत्येकमाथि छानविन गर्न आफूहरु तयार रहेको बताए।

Comments

2 responses to “विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? (भिडिओ)”

  1. RA Avatar
    RA

    Idiot

  2. ksp pyl Avatar
    ksp pyl

    ४७ सालदृखि तिम्रा दाइ भाउजूले देश लुटेको र बेचेको छानबिन गरौं । संसदयीय समिति बनाउ र कार्यादेश तोक कि देउवा लगायत काँग्रेसका नेताहरूपे ४७ सालपछि गरेका सबै भ्रष्टाचार, देश बेचेको र कमाएको छानबिन गरि कारवाही सिफारिश गर्न संसदीय समिति बनाउने । छहिम्मत दाइका करतुतको भागिदार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *