कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए ।

सभामुखले पटक पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा पनि नटेरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।

समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बसे पनि कुरा मिल्न सकेको छैन ।

Comments

One response to “कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित (भिडिओ)”

  1. रमेश अधिकारी Avatar
    रमेश अधिकारी

    अलि गतिलो पत्रकार राख्न पर्यो । कांग्रेसको मात्रै अवरोध हैन नि, प्रतिपक्षको अवरोध र सभामुखले जनताका कुरा संसदमा राख्न नदेको कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । पर्सिसम्म संसद बैठक स्थगित गर्नुसट्टा सभामुखले एकाध घण्टा छुट्टाएर शून्य समय र विशेष समयमा जनताका कुरा राख्न देको भए के जान्थ्यो उन्को ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *