संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन (भिडिओ)

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले भोलि बिहान फेरि बस्ने गरी उठेको बताए ।

उनका अनुसार बैठक भोलि बिहान ८ः३० बजे बस्नेछ ।

उनले भने, ‘कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो। त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो। उहाँहरूको आन्दोलनको सम्बोधन ठिक ढंगबाट होस् भन्ने चाहना। हामी पनि आज पनि छलफल गर्छौँ। उहाँहरू पनि गर्नुहुन्छ।’

उनले भोलिको बैठक कार्यदलको अन्तिम बनाएर ११ बजे सदन चलाउनेगरी आउन आफूहरुले भनेको बताए ।

रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भएको बताए।
उनले भने- ‘सहकारी पीडितको बचत फिर्ता गराउने सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन कानूनी र नीतिगत विषयमा निकास दिने कुरामा एक ठाउँमा पुगेका छौँ। ‘
उनले थप छलफल भोलिको बैठकमा हुने बताए।

Comments

One response to “संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन (भिडिओ)”

  1. रमेश अधिकारी Avatar
    रमेश अधिकारी

    सत्ताको नजिक रहेको मिडिया, सत्ताका मान्छेको मात्रै कुरा रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *