सन्दीपको भिसा पहलका लागि खेलकुद मन्त्रालयद्वारा परराष्ट्रमा पत्राचार

काठमाडौं । अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरू गरेको छ।

आज युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात् युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ।

मन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि हामीले मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको र अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए।

अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *