एनएसकेए कराते जेठ १० देखि, १५ औं पटक पनि च्याम्पियन हुने दाउमा नेपाल

काठमाडौं । जेठ १० देखि १३ गतेसम्म १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिप तथा बागमती प्रदेश ओपन कराते च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल सोतोकान कराते संघले आयोजना गरेको हो।

नेपाल लगायत ६ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा कुल आठ सय खेलाडीको सहभागिता रहनेछ । कुल ३२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटानको सहभागिता निश्चित भइसकेको छ।

उमेर समूहतर्फ ११ स्पर्धामा तथा तौल समुहमा २९ स्पर्धा हुने यो प्रतियोगितामा ४० स्वर्ण, ४० रजत तथा ८४ कास्य पदकको छिनोफानो हुनेछ। अहिलेसम्म भएका १४ संस्करणमा १४ वटैमा आयोजक नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ।

यसपटक पनि सही इतिहासलाई नेपाल टिमले निरन्तरता दिनेमा आफूहरु पूर्ण आशावादी रहेको आयोजकको भनाइ छ। प्रतियोगिताअघि बिहीबार र शुक्रबार राखेप कभर्डहलमै प्रथम वाग्मती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *