क्यानडाको आल्बेर्टा प्रान्तको राजधानीमा नेपाली दूतावासको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं । उत्तर अमेरिकी महादेशको मुलुक क्यानडाको पश्चिमी प्रान्त आल्बेर्टामा नेपाली दूतावासले पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । नेपालको आर्थिक कूटनीतिको एक कार्यक्रमअन्तर्गत मे १७ मा यस्तो कार्यक्रम आयोजना गरिएको दूतावासले बताएको छ ।

नेपालमा भौतिक तथा आध्यात्मिक आनन्द पाउने प्राकृतिक, सांस्कृतिक, खानपान, भेषभूषा, जैविक विविधता आदि सम्पदाहरु भएको भन्दै कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका पर्यटन नेतृत्वलाई आफ्नो घुमघाम सूचीमा नेपाल अटाउन आग्रह गरेका थिए ।

क्यानडाको आल्बेर्टा प्रदेश सरकारका प्रमुख सचेतक तथा आर्थिक करिडोर विकास समितिका सदस्य सांसद स्यान जेट्सन, प्रान्तिय राजधानी शहर एडमन्टरका मेयर अमरजित सोही लगायतले बोलेका थिए ।

दुवै वक्ताहरुले नेपाल र प्रान्तिय राजधानी शहर एडमण्टनको पर्यटकिय सहकार्य आवश्यक भएको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कला तथा नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली पर्यटन, चियादेखि कफी आदिका भिडिओहरुको पनि प्रस्तुति गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *