देउवाकाे टिप्पणी- सिरोहिया पक्राउ गर्ने गठबन्धन सरकारको अलोकतान्त्रिक कदम खेदजनक छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिरोहिया प्रक्राउ सरकारको अलोकतान्त्रिक कदम भएको जनाएका छन् ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’, देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।

Comments

2 responses to “देउवाकाे टिप्पणी- सिरोहिया पक्राउ गर्ने गठबन्धन सरकारको अलोकतान्त्रिक कदम खेदजनक छ”

  1. ksp pyl Avatar
    ksp pyl

    दुईवटा नागरिकता लिएर किर्ते गर्ने शिरोहिया अनि पक्राउ कसलाई गर्ने त ? तिमीलाई देउवा ?

    1. Krishna K.c Avatar
      Krishna K.c

      यदि नागरिकता गलत नभए रिया र २ नागरिकता भए कडा कारवाही र जो कोहिले रोक्छ तिनलाइ पनि निगरानिमा राख्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *