काठमाडौं । वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नियोजित रुपमा पक्राउ गरिएको आरोप लगाएका छन् । प्रहरीले पक्राउ गर्नुअघि उनी सिरोहियाप्रति ऐक्यवद्धता जनाउन कान्तिपुरको कार्यालयमा पुगेका थिए ।
घिमिरेले कान्तिपुरका संवाददातासँग कुरा गर्दै भने, ‘रवि लामिछाने मात्र नभएर सरकारका तर्फबाट नियोजित तरिकाले निसाना साँधिएको अवस्था छ । गृहमन्त्रीको विशेष रुची यसमा देखियो । जुन व्यक्तिको मातहतमा गृह प्रशासन छ, उसकै नागरिकता र पासपोर्ट विवादास्पद छ । उहाँसँग पक्राउ गर्ने नैतिक बल पनि छैन ।’
बदलाको भावनामा सरकार चल्छ भन्ने सरकारको पतन निश्चित रहेको उनले बताए ।
घिमिरेले थपे, ‘गृहमन्त्रीले आफूलाई बचाउन महान्यायाधीवक्ताको कार्यालय मिसयुज गरिररहेका छन् । प्रचण्ड सरकारसँग प्रजातान्त्रिक चरित्र छ भने गृहमन्त्रीलाई पदबाट मुक्त गर्न आवश्यक छ । उनी हुँदा सत्ताको दुरुपयोग गर्ने खतरा बढ्दो छ ।’

Leave a Reply