सिरोहियाको पक्षमा बोल्न पुगे वरिष्ठ अधिवक्ता शम्भु थापा, कानून व्यवसायीलाई सँगै लैजान दबाब

काठमाडौं। प्रहरीले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन तयारी गरिरहँदा उनको पक्षमा बोल्न वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका छन्।

उनले सिरोहियाको पक्षबाट प्रहरीसँग बोलिरहेका छन्। कान्तिपुर पब्लिकेसन्स रहेकै बिल्डिङमा थापाको ल फर्म छ।

सिरोहियाले पक्राउ पुर्जी दिएर मान्छे पनि गिरफ्तार गर्ने भए कानून व्यवसायी सँगै लिएर जान पाउनुपर्ने र त्यो लिखित हुनुपर्ने माग गरेका छन् ।

कानून व्यवसायीलाई सँगै लैजान दवाव

पक्राउ पर्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रहरीसँग विवाद गरेका छन् ।

उनले सिरोहियालाई पक्राउ गरेर लैजाने भए कानून व्यवसायी पनि सँगै लैजानुपर्ने माग गरेका छन् ।

२४ सै घण्टा सिरोहियाको साथमा कानून व्यवसायी हुनुपर्ने माग उनको छ ।

थापाको दबाबपछि कानूनी सल्लाहका लागि अधिवक्ता किशोर पौडेललाई सँगै लैजान लागिएको छ ।

Comments

One response to “सिरोहियाको पक्षमा बोल्न पुगे वरिष्ठ अधिवक्ता शम्भु थापा, कानून व्यवसायीलाई सँगै लैजान दबाब”

  1. ksp pyl Avatar
    ksp pyl

    शम्भु थापा को रहेछ अहिले छर्लङ्ग भयो । कान्तिपुरकै भवनमा ल फर्म । पक्रन आउँदा सम्भावित अपराधीको सट्टा शम्भु आफैं अघि सरेर म पनि जान पाउनुपर्छ भन्नुको अर्थ बुझौं देश कसरी चलेको छ भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *