गण्डकी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार बहस नसकिएपछि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो ।

यसअघि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर पर्ने निर्णय सर्वाेच्चले आदेश दिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *