कान्तिपुरबाट निस्किँदै कांग्रेस सांसदले भने- सिराेहियामाथि गृहमन्त्रीले अनैतिक हमला गरे, हामीलाई सैह्य छैन (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर ढाडस दिएका छन् ।

नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सिरोहियामाथिको पक्राउ पुर्जीविरुद्ध तत्कालै   संसदमा आवाज उठाएपछि कांग्रेस सा‌ंसदहरु कान्तिपुर पब्लिकेसन्समै पुगे। उनीहरुले सिराेहियासँग सामूहिक भेट गरेका थिए ।

कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट बाहिरिँदै कांग्रेस सांसदहरूले गृहमन्त्री रवि लामिछानेले सिरोहियामाथि पूर्वाग्रही साँधेको आरोप लगाए ।

सांसद रामहरि खतिवडाले भने, ‘पक्राउ पुर्जी जारी भएको समाचार थाहा पाएपछि त्यो के रहेछ भन्ने जानकारी लिन आएका हौं । केही पुलिसहरू यहाँ भएको थाहा पायौं । कसैलाई पूर्वाग्रही तरिकाले थुन्ने मुद्दा चलाउने पद्धतिमा सरकार लागेको हो भने घोर आपत्ति छ । कसैका दोहोरो नागरिकता दोहोरो पासपोर्ट तीन/चारवटा श्रीमती हुँदा छुट्कारा पाउने । कसैलाई ठ्याप्प समाइहाल्ने सरकारको प्रवृत्ति हो भने हामीलाई सैह्य हुँदैन ।’

तर्साउने र थर्काउने हिसाबले सरकार गएको हो भने कांग्रेसको आपत्ति रहेको खतिवडाले बताए ।

‘यसको हामी विरोधमा छौं । नागरिकता दोहोरो छ कानूनसम्मत् छैन भने त्यसको भागीदार हुनुपर्छ । उहाँले म दोषी भए कारबाही भोग्न तयार छु भन्नुभयाे  । सहकारी ठगीकै समाचार लेखेको भरमा पक्राउ गर्न खोजिएको हो भने यो आपत्तिजनक छ’, उनले थपे ।

कांग्रेस सांसद राजेन्द्र बजगाईँले गृहमन्त्रीले सिरोहियामाथि प्रतिशोध ठानेर अनैतिक हमला गरेको टिप्पणी गरे । उनले आफूहरू स्वतन्त्र प्रेसको समर्थनमा ऐक्यवद्धता जनाउन आएको बताए ।

‘हामीले उहाँको नागरिकताबारे अलिकति अध्ययन गर्‍यौं । उहाँको दुईवटा नागरिकता होइन । प्रतिलिपि भनिएको छ । प्रतिलिपि त मैले पनि लिएको छु । डेटहरू फरक गर्ने प्रशासन सरकारको त्रुटि होला । स्वतन्त्र प्रेसले उठाएका चिजलाई प्रतिशोध ठानेर उहाँले अनैतिक हमला गर्नुभएको छ । स्वतन्त्र प्रेसको समर्थनमा हामी ऐक्यवद्धता जारी गर्न आएका हौं । पक्राउ पुर्जी माध्यममात्र हाे’, बजगाईँले भने ।

Comments

5 responses to “कान्तिपुरबाट निस्किँदै कांग्रेस सांसदले भने- सिराेहियामाथि गृहमन्त्रीले अनैतिक हमला गरे, हामीलाई सैह्य छैन (भिडिओ)”

  1. Lekh Nath Paudel Avatar
    Lekh Nath Paudel

    कान्तिपुर मिडियामा कांग्रेसको लगानी देखियो। तुरुन्त छानबिन हुनुपर्दछ ।

  2. bharat kumar thapa Avatar

    कांग्रेसलाई साहारा कान्तिपु र कान्तिपु साहारा कांग्रेस जे जे गरेपनि भयो मेडिया र कांग्रेस मिलेपछि नाङ्गै हिड हो बरू

  3. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    काग्रेसहरु कति निम्न स्तरमा झर्न सक्छन् भने ..

  4. 1234 Avatar
    1234

    पक्राउ पुर्जिको मुख्य बिषय नागरिकता सम्बन्धमा परेको मुद्धा हो, नकी समाचार सामग्री l

  5. Nagendra Avatar
    Nagendra

    भन्नै परेन देखियो कांग्रेश को हो र कहाबाट संचालित छ वा कसको लागि काम गर्छ भन्ने !!
    १. नेपाललाई लथालिङ्ग बनाउने, देखाउने अनि प्रचार गर्ने भारतीय इन्ट्रेस्टको मेडिया ‘कान्तिपुर’ को मनपरी माथि लगाम लाग्दा कांग्रेश लाई ज्वरो आयो, ऐठन भयो पिर पर्यो अनि सार्ब भौम नेपालको संसदको समय नस्ट गर्यो !!
    २. कांग्रेश किन अत्तालियो : कांग्रेशको धुन के हो, अभ्यास के हो अनि यो सब निरबस्त्र अरास्ट्रिय नाच देखेर गाउ गाउ का कांग्रेश के भन्छन, के सोच्छन अनि के गर्छन !!
    ३. बिबेकहिन बनेको काग्रेशको यस्तो रवैयाले देश त सकिने भयो त !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *