प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *