कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जीपछि कांग्रेसले संसदमा भन्यो- पूर्वाग्रह राखेर कारबाही गर्न पाइँदैन (भिडिओ)

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए ।

उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’

दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा आज उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र कान्तिपुरबीच टकराबका बीच सिरोहियामाथि पक्राउ पुर्जी जारी हुनुलाई कांग्रेसले पूर्वाग्रहीको आशंका गरेको छ ।

Comments

2 responses to “कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जीपछि कांग्रेसले संसदमा भन्यो- पूर्वाग्रह राखेर कारबाही गर्न पाइँदैन (भिडिओ)”

  1. Samir Avatar
    Samir

    काङ्ग्रेसको यस्तो रवैयाले उसैले गृहमन्त्री रविबिरुद्व कान्तिपुरमा सहकारी ठगि सम्बन्धि प्रायोजित समाचार लेखाएको प्रष्ट हुन्छ।

  2. mero nepal Avatar
    mero nepal

    हो हो कांग्रेसले भनेका जति कसैलाई पक्राउ गर्न पाईदैन किनकी यो देशको मुख्य समस्या भनेकै रवि लामिछाने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *